सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित

|

नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन ।
युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान पुराउन सक्ने भन्दै स्थानियद्वारा खुसी ब्यक्ती गरिएको छ ।
त्यस्तै अस्पताल बिकास समितिको सदस्यहरुमा दिपा केसी, इमरान खा, सुर्यलाल यादव मनोनीत बनेका छन् ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।