जुम्ला / सिंजा गाउँपालिकामा फागुन १७ र १८ गते नमुना गाउँ सभा सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र आत्म सम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाको आयोजना सम्पन्न भएको हो । नेतृत्व र निर्णय परियोजना अन्र्तगत उक्त कार्यक्रममा हिमा,सिंजा र कनकाशुन्दरी गाउँपालिकाबाट ३९ युवाहरु सहभागी रहेका थिए । सहभागी युवाहरुमा दल बहादुर , दिपकन्या चौलागाईं, धिर बहादुर अधिकारी जनप्रतिनिधी / अध्यक्षको भुमिकामा रहेका थिए । यो कार्यक्रमको उदेश्य नमुना युवा गाउँ सभाको अभ्यास गरि युवाहरूको नेतृत्व र क्षमता बिकास गर्ने रहेको छ । कुनै पनि युवा राजनितिक नेतृत्वमा जानू भन्दा पहिला गाउँ सभामा गरिने विभिन्न क्रियाकलाप र बिशेस गरि गाउँ सभा संचालनको बिधि र प्रकृया सिकाईएको थियो ।
उक्त कार्यक्रममा सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने अतिथीमा सिंजा गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाही,वडा नम्बर ३ का वडा अध्यक्ष तिलाचन्द चौलागाईं र योजना शाखा प्रमुख पदम भण्डारी रहनु भएको थियो । सो कार्यक्रमको प्रशिक्षणमा संघिय संसद सचिवालय पुर्ब कर्मचरी बिरेन्द्र बहादुर कार्की, रमेश कुमार पौडेल र सहजकर्ता प्रशिक्षकको रुपमा धनराज सुनार रहनु भएको थियो । यो कार्यक्रम निकै नै राम्रो र सान्दर्भिक रहेको क्याड नेपालका परियोजना संयोजक सोमराज जिसी जानकारी दिनुभयो ।
यस नमुना गाउँ सभाले युवाहरुलाई नेतृत्वको तहमा आउनु पूर्व स्थानीय सरकार संचालन ऐनका बारेमा जानकारी प्राप्त गराईएको छ । यो नमुना युवा गाउँ सभाले युवाहरूलाई सामुदायिक विकासको लागि समस्याहरु समाधानका लागि कसरी नेतृत्व गर्ने भन्ने सीपको बिकासको लागि यो नमुन गाउँ सभा गरिएको क्याड नेपालका परियोजना संयोजक सोमराज जिसी जानकारी दिनुभयो ।






