पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

|

काठमाण्डौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ । बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

 

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।