दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला सम्पन्न

|

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला सम्पन्न भएको छ भएको छ ।
९ गते नगर क्षेत्रका शिक्षा क्षेत्रका ब्यक्तिहरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला शुरु भएको हो । दशबर्षे शिक्षा योजना निर्माण गर्दा बनाएका योजनामा बालबालीकाहरुको पहुच, योजना निर्माण गर्दा यसको समानता, गुणस्तरिय शिक्षा प्रदान गर्न आबश्यक बजेट, र उत्तरदाइत्वका बिषयमा बिस्तृत रुपमा कार्यदलले अध्यान गरेको प्राप्त सुझाबका आधारमा मसौदालाइ निर्माण गरिएको छ ।
तीन दिने कार्यशालाले दश वर्षे शिक्षा योजनालाई मूर्त रुप दिएको छ । समापन कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बेद प्रसाद डाँगीले ४ दिन सम्म निर्माण कार्यदलले निर्माण गरेको योजना आगामी जनर्निवाचित पदाधिकारिहरुका लागी दिशानिर्देश हुने र यस योजना ले छिटै मुर्त रुप लिने मा अपेक्षा गदै यस योजनामा सबै पक्षको सहगातीता रहेकाले अपिनत्व ग्रहण गर्न सक्ने बाउदै दिर्गकालीन रुपमा यसले शिक्षामा गुणत्मक शिक्षाको गजको बिकास हुनेमा अपेक्षा रहेको बताउनु भयो । वडा अध्यक्ष श्यामलाल थारुले कार्यदलले ४ दिनसम्म गरेको मिहनेत र यसको परिणाम स्वरुप निर्माण भएको दशबर्षे शिक्षा योजनालाइ मुर्तरुप दिएको र यस कार्यमा आबश्यक साझेदारिता गरि सहयोग गर्ने साझेदार सस्था प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँके प्रति आभार प्रकट गनूृभयो । उहाले निर्माण भएका उत्कृष्ठ शिक्षा नीति तथा निर्देशिकालाई अलम्बन गर्न सकिने कुरामा समेत जोड दिनुभएको थियो ।
कार्यशालाको समापन सत्रका प्रमुख अतिथीको रुपमा रहनुभएको ठाकुरबाबा नगरपालीका उपप्रमुख कृण्ष्णा कुश्मा थारुले निर्माण भएको दशवर्षे शिक्षा योजना यस नगरपालीकाको दस्ताबेजको रुपमा निर्माण गरिएको र यसले दश बर्षमा शिक्षाको गुणत्मक बिकासलाइ कुन स्थान र तह सम्म लैजान सकिन्छ भनि रोडमेम तयार गरेकाले यसको कार्ययान्यनका लागी नगरपालीका सदैव तत्परता रहने बताउदै शिक्षा योजना निर्माण गर्दा स्थानिय परिवेशलाइ ख्याल गरि ठाकुरबाबा भित्रका बिज्ञहरुको सहभागीतामा निर्माण गरेकाले यसको सफताको सुभकामना दिनुभयो ।
३ दिन सम्म संचालन भएको कार्यशालामा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि र ठाकुरबाबा नगरपालीकाको आयोजना रहेको थियो । भने यस कार्यशाला लाइ सहजिकरण प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालयका शिक्षा बिज्ञ बेद प्रसाद डागीं र सहजकर्ता बालकृष्ण आचार्यले सहजिकरण गर्नुभएको थियो ।

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।