कलाकार जयनन्द लामाको निधन

|

११ फागुन, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

यतिबेला सम्पुर्ण चलचित्रकर्मीहरु तथा कलाकारहरुले दुखद खबर भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।