बेलायतकी महारानी एलिजाबेथ कोभिड-१९ बाट संक्रमित

|

बेलायतकी महारानी एलिजाबेथ कोभिड-१९ बाट संक्रमित भएकी छिन्।

बेलायतकी महारानी एलिजाबेथ द्वितीय कोरोनाको परीक्षण गर्दा संक्रमित भएको बकिंघम प्यालेस(राजदरबार) ले आइतबार घोषणा गरेको छ ।

९५ वर्षीया रानी जसले राज सिंहासनमा आफ्नो ७० औं वर्ष मनाई रहेकी छिन । दरबारका अनुसार रानीले हल्का चिसो जस्तो लक्षणहरू अनुभव गरिरहेकी जनाएको छ ।

रानीले आफू र उनका स्वर्गीय पति प्रिन्स फिलिपले जनवरी २०२१ मा कोभिड-१९ खोपको पहिलो खोप पाएको पुष्टि गरिन्। तर दरबारले चिकित्सा गोपनीयतालाई उद्धृत गर्दै त्यसपछिका खोपहरूबारे कुनै पनि जानकारी खुलाउन अस्वीकार गरेको छ।

उनका छोरा प्रिन्स चार्ल्सले १० दिन अघि दोस्रो पटक कोभिड-१९ बाट संक्रमित भएका थिए जबकि उनकी श्रीमती, क्यामिलालाई पनि सोमबार कोरोना भएको थियो ।

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।