बाँकेको फत्तेपुरमा बाघले मान्छे मार्‍यो

|

बाँके / बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणमा परि स्थानिय धन बहादुर चलाउनेको ज्यान गएको छ । बाँके राप्तीसोनारी गाउँपालिका फत्तेपुरमा शनिवार विहान करिब ८ बजे ६० बर्षका स्थानिय धन बहादुर चलाउने दाउरा खोज्न गएको अवस्थामा वाघले आक्रमण गरेर मारेको हो ।

मृतक धन बहादुरको शव फेला परिसकेको छ । बाघले बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय प्रदिप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिव ५ सय मिटर जंगल भित्र लगेको थियो ।

गाउँबाट ठुलो संख्यामा गाउँलेहरु जंगल भित्र पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५-३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । करिव महिना अघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।