बृटिस स्कुलमा ईको क्लब गठन

|

नेपालगन्ज । नेपालगन्ज शान्तिनगर स्थित ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको कलब गठन गरिएको छ आज फाल्गुन दुई गते तेरौ ईको कल्ब डे लाई सम्झदै ईको कल्ब पुन:गठन गरिएको छ ।
ईको क्लबमा ११ सदस्यिय चयन गरिएको छ । जसको अध्यक्षमा रमेश ओलि , उपाध्यक्षमा सिमरन पौडेल , सचिवमा पबित्रा शाही , सह सचिब ईभा केसि र कोषाध्यक्षमा सबिता शाही रहेकाछ्न भने अन्य सदस्यहरुमा सरस्वती बडुवाल, निर्मला बुढा, पुष्कर रोकाय , दिपिका मिश्र र ओनिर काफ्ले चयन भएका छ्न
ईको कल्बलाई प्रशिक्षण बिधालयका प्रधानाध्यापक हेमन्त राज काफले गरेका थिए । बिधालयका सस्थापक अध्यक्ष निरज शाहले कलब गठन भएको मा निकै खुसी हुँदै कल्बका काम कर्तव्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
बिद्यार्थीहरु निकै उत्साहित भएर विभिन्न प्रश्नहरु सोधेका थिए । सो अबसरमा कलबका सदस्यहरुले निमको बिरुवा बिधालय परिसरमा लगाएका थिए ।
यो बिरुवा लाई लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यलाई पनि जोडिएको र प्रदेश स्थापना अबसरको सम्झना यो निमको बिरुवाले गराउने छ भनी प्रअ काफ्लेले बिद्यार्थीहरुलाई बताए
कलब गठन भएकोमा निकै खुसी लागेको छ भनेर कक्षा आठ कि छात्रा सबिता साहिले भनिन ।
बिधालयमा गरिने अबका अतिरिक्त क्रिया कलापहरुलाई बिधालयको ईको कलब लाई जिम्मा दिई सक्रिय गराउने र बिधालयको हरित बाताबरणका
लागि निकै राम्रो काम गर्ने र संरक्षण क्षेत्रको लागि निकै टेवा पुग्ने प्रधानाध्यापक काफ्ले जानकारी दिए।

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।