एसईई पास गरेका छात्रालाई साईकल वितरण

|

बाँके  / बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत एसइइ पास गरेका छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँ देखि बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो ।

विक्रम संम्बद २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्रालाई साईकल वितरण गरिएको हो । हिजो शनिबार एक समारोहकाविच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताउनुभयो ।

अध्यक्ष चौधरीले उच्च शिक्षा हाँसिल गर्न डुडुवा गाउँपालिकामै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका अन्तर्गत ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्राले २०७७ सालमा एसईई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको छ ।

२०७८ फाल्गुन १, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।