स्थानीय बाल अधिकार समितीलाई २ दिने क्षमता विकास तालिम

|

खजुरा । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित COVID-19 रोकथाम तथा पुनर्स्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिकाको स्थानीय बाल आधिकार समितिलाई यौन तथा लैङ्गिक हिंसा, बालविवाह रोकथाम को लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

स्थानीय बालअधिकार समिति, सामुदायिकमा आधारित बाल संरक्षण संयन्त्रका पदाधिकारीहारुको यौन तथा लैङ्गिक हिंसा, बालविवाह रोकथाम गर्नको लागि क्षमता बिकाश गर्ने उदेश्य का साथ तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमामा खजुरा गाउँपालिकाको उपाध्यक्ष एकमाया बिक, शिक्षा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्वास्थ्य शाखा प्रमुख, इलाका प्रहरी कार्यालय धनौलीको इन्चार्ज पुस्कर राज जोशी, वडा सदस्य, किशोरी, युवा लगायतको उपस्थितिमा सम्पन्न तालिमको सहजीकरण गैर सरकारी संस्था बाँके का सचिव आशिष बर्माले गर्नु भएको थियो ।
यस परियोजना अन्तर्गत खजुरा र नेपालगंजमा महिला स्वयंसेविका र युवाहारु मार्फत COVID Vaccination सम्बन्धि घर दैलो कार्यक्रम गरि जनचेतना फैलाउने उदेश्य रहेको बाँके युनेस्को क्लबको परियोजना अधिकृत अनुप बर्माले जानकारी गर्नु भएको छ ।

२०७८ फाल्गुन १, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।