रेशम विरही सृजनशिल पत्रकारिता पुरस्कार स्थापना

|

नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँकेको बैठक शनिवार अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा नेपालगन्जमा बसेर विभिन्न निर्णय गरेको छ । बैठकले नवौं अधिबेशन सम्पन्न गर्न भुमिका निर्वाह गर्ने निवर्तमान कार्यसमिति, संगठनका अग्रज एवं सम्बन्धित सबै सरोकार पक्षहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यसै गरि प्रेस चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको नाममा रेशम विरही सृजनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको सचिव कमल डाँगीले जानकारी दिनुभयो ।

बैठकले संगठन सुदृधिकरण अभियान संचालन गर्दै प्रेस चौतारी बाँकेलाई जिल्ला कै अग्रणी पत्रकारहरुको संगठनका रुपमा स्थापित गर्ने गरि गतिविधी संचालन गर्ने निर्णय गरेको छ । बैठकले कोभिड संक्रमण दर बढ्दै गएको हुँदा उच्च सावधानी अपनाएर कार्य क्षेत्रमा खटिन हुन सम्पुर्ण बाँके जिल्लाका संचारकर्मीहरुमा अनुरोध गरेको छ ।

२०७८ माघ १५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।