स्थानीय नागरिकले गरे प्रहरी सहायक निरीक्षक विकको भब्य बिदाई

|

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं.२ बेतहनीमा अवस्थित बेतहनी प्रहरी चौकीमा उत्कृष्ट कार्य गरेका प्रहरी सहायक निरीक्षक कुल बहादुर विकको स्थानीय नागरिकले भब्य बिदाई गरेका छन् । विकको जिल्ला प्रहरी कार्यालय, बाँकेमा सरुवा भएको छ । आफ्नो ९ महिने कार्यकालमा डुडुवा गाउँपालिकामा ईमानदारीताका साथ कार्य गरेका प्रहरी सहायक निरीक्षक कुल बहादुर विक सामाजिक कार्यमा सदैव अग्रसर रहेका छन् । बालविवाह र मानव बेचविखन विरुद्धमा कडा रुपमा उत्रने प्रहरी सहायक निरीक्षक कुल बहादुर विक स्थानीय नागरिकको प्रिय बन्न सफल बनेका थिए ।

९ महिनासम्म बेतहनी प्रहरी चौकीको प्रमुखको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक कुल बहादुर विकको आज स्थानीयहरुले एक कार्यक्रमको आयोजना गरि भब्य बिदाई गरेका छन् । जिल्ला प्रहरी कार्यालय,बाँकेमा सरुवा भएका बिकले आफू जहाँ गए पनि देश र जनताको लागि सदैव कार्य गर्ने र दुखी गरिबको लागि सेवा गर्न पछि नसर्ने बताउनुभयो ।

डुडुवा गाउँपालिकामा कार्यरत हुँदा प्रहरी सहायक निरीक्षक कुल बहादुर विकले समाजको लागि सरसफाई अभियान, माक्स खै ? कोभिड बारे सचेतना अभियान सन्चालन गरेका थिए । उहाँले गरिबीका कारण पढाई छोड्न बाध्य भएका विद्यार्थीहरुलाई पुनःविद्यालय भर्ना गराई शिक्षाको ज्योति फैलाउन सक्रिय रहने विकले बताउनुभयो । सो बिदाई कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकहरु साथै ७० बर्षीया महिलाको पनि सहभागिता रहेको थियो । यो ९ महिनासम्म कुनै पनि अप्रिय घटना नभएको र आफुहरु शान्त वातावरणमा हिडँडुल गर्न पाएको बेतहनीका स्थानीयहरुले बताएका छन् ।

२०७८ माघ ११, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।