तमु धिं युके, साहारा युके, अमेरिका लगायतका पाहुनाहरुलाई तमु धिं नेपालमा स्वागत

|

पोखरा । कोरोना १९ ओमीक्रोन भेरियन्टको कहर बिच बैदेशिक भुमिबाट घर बिदामा नेपाल आउनु भएका तमु धिं युके, साहारा युके लगायतका पाहुनाहरुलाई तमु धिं नेपालले शुक्रवार पोखरामा स्वागत, सम्मान र बधाई कार्यक्रम सम्पन्न गरेको छ।
साहारा क्लब पोखराको आयोजनामा सञ्चालित २० औं संस्करणको आहा रारा गोल्डकपलाई सफल बनाउने सन्दर्भसँगै पोखरा आउनु भएका तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ, वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पुर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, तमु धीं यूके आमा समुहकी अध्यक्ष सीता गुरुङ, उपाध्यक्ष सन्ध्या गुरुङ, सहारा युकेका अध्यक्ष ले.कुसाङ गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, पुर्व अध्यक्ष मिन गुरुङ, सहारा एफसी यूके अध्यक्ष एवम स्याङजाली समाजका अध्यक्ष शारदा गुरुङ, बगरभाई खलक युकेका अध्यक्ष दिलराज गुरुङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, कस्केली समाज अमेरिका÷तमु परिवार न्युयोर्कका संस्थापक डम्बरजंग गुरुङ, तमु धिं नेपाल ट्होटें अक्षयकोषदाता एवम गोर्खा स्मारक अध्यक्ष जंगबहादुर गुरुङ लगायतलाई तमु धिं नेपाल, तमु कलाकार संघ गण्डकी र जिफानले टीका, खादा, माला, फूल, फेटा, भाङ्ग्रा, घलेकबाट स्वागत सम्मान गरेको हो।
यसरी नै तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ र साहारा युकेका नवनिर्वाचित अध्यक्ष ले.कुसाङ गुरुङलाई तमु धिं नेपाल र तमु कलाकार संघले सम्मान एवम बधाई ज्ञापन गरेको थियो । यसरी नै तमु धिं नेपालका कार्यसमिति सदस्य सुरेन्द्र गुरुङ नेकपा एमाले कास्कीको १० औं अधिवेशनका अन्नपुर्ण गाउपालिकाबाट सर्वाधिक मतसहित निर्वाचित भएकोमा अध्यक्ष हुमबहादुर गुरुङले बधाई दिनुभएको थियो।
यस्तै गरी नै तमु धिं युकेको तर्फबाट तमु धिं नेपालका नवनिर्वाचित अध्यक्ष हुमबहादुर गुरुङ र एमाले कास्कीका जिल्ला सदस्यमा निर्वाचित सुरेन्द्र गुरुङलाई तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङले सम्मान गर्नुभएको थियो।
यसैबिच तमु धिं नेपालको भवन निर्माणका लागि तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङ÷सिता गुरुङले १ लाख ५ हजार, तमु धिं युकेले १ लाख, साहारा युकेका अध्यक्ष ले.कुसाङ गुरुङ÷पञ्च गुरुङले १ लाख १ हजार, तमु धिं युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले १ लाख १ सय, कस्केली समाज अमेरिका एवम तमु परिवार न्युयोर्कका संस्थापक डमरजंग गुरुङ÷बुद्धिमाया गुरुङले १ लाख ११ हजार १११ रुपैया सहयोग प्रदान गरिएको थियो। यसरी नै तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङले तमु कलाकार संघ गण्डकीलाई २५ हजार सहयोग गर्नुभएको थियो भने विभिन्न व्यक्तित्वहरुले कलाकार संघको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हित काजी गुरुङले आफुहरुलाई पोखराको आगमनमा भव्य स्वागत, सम्मान, बधाई ज्ञापन गरेकोमा तमु धिं नेपाल लगायतलाई धन्यवाद व्यक्त गर्दै तमु समुदाय, समाजको अग्रगतिका लागि आफुहरुको सधै साथ रहने बताउनुभयो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य, तमु कलाकार संघ गण्डकीका कलाकारहरु गीत, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन दिलाएको थियो भने संचालन तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङ र तमु कलाकार संघका संस्थापक शंकर बिरही गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

२०७८ माघ ७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।