कृषि तथा पशु उद्ममशीलता विकास परियोजना राप्ती सोनारीको वडा ३,४ र ५ मा सन्चालन हुदै

|

राप्ती सोनारी(बाँके) / बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिको वडा नं.३,४,५मा राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा भेरी वातावरणीय विशिष्तता समुह (बी–ग्रुप) बाँकेको आयोजनामा संचालन भइरहेको कृषि तथा पशु उद्ममशीलता विकास परियोजना अन्तरगत वडा स्तरका सरोकारवालालाई परियोजनाको बारेमा अभिमुखिकरण साथै वडा स्तरिय परियोजना अनुगमन तथा समन्वय समिती गठन गरिएको छ ।
वडा नं.५को वडा अध्यक्ष झगरु थारु, वडा नं.४ को वडा अध्यक्ष कान्छा थारु र वडा नं.३ को वडा अध्यक्ष गंगा राम थारुको अध्यक्षतामा वडा स्तरिय परियोजना अनुगमन तथा समन्वय समिती गठन गरिएको छ ।

सो कार्यक्रममा भेरी वातावरणीय विशिष्तता समुह (बी–ग्रुप) को कार्य समिती सदस्य मिरा खनालले सहभागीहरुलाई स्वागत तथा संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरद कुमार पोखरेलले यस परियोजनाको उदेश्य र हेफर ईन्टरनेशनलको बारेमा जानकारी गराउनु भएको थियो भने भेरी वातावरणीय विशिष्तता समुह (बी–ग्रुप) बाँकेको आयोजनामा संचालन भएको कृषि तथा पशु उद्ममशीलता विकास परियोजनाको कार्यक्रम सयोजक राम कुमारी चौधरीले परियोजनाको क्रियाकलाप र बजेटको बारेमा जानकारी गराउनु भएको थियो ।

महिलाहरुलाई आत्म निर्भर तथा उद्ममी बनाउनको लागी हेफर ईन्टरनेशनलको मोडेलमा राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा भेरी वातावरणीय विशिष्तता समुह (बी–ग्रुप)को त्रिपक्षिय साझेदारीमा कार्यक्रम गर्न पाउँदा वडा अध्यक्षहरुले (बी–ग्रुप) संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।

 

२०७८ माघ ६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।