नेपालगञ्जमा एक जना मृत फेला

|

नेपालगञ्ज /  नेपालगञ्जमा मंगलवार एक जना मृत फेला परेका छन् । नेपालगञ्जको वडा नम्बर १२ मा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका हुन् ।

भारतको बहराइच घर भई लामो समयदेखि नेपालगन्ज वडा नं।१७ बस्दै आएका अन्दाजी ३०/३२ बर्षीय प्रेम पासी नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव भेरी अस्पतालको शवगृहमा राखिएको छ ।

२०७८ माघ ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।