माघी र माघे संक्रान्ती पर्व धुमधामका साथ मनाईदै

|

काठमाण्डौं / शनिवार माघी र माघे संक्रान्ती पर्व धुमधामका साथ मनाईदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे संक्रान्ति )भनिन्छ ।

थारु बाहुल्य पश्चिम तराईका जिल्लामा माघीको व्यापक रौनक छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा रहेको थारु समुदायले यो पर्व विशेष रुपमा मनाउने गर्छन् । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँछन् । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आपूm स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए ।

यसैबीच मधेशी समुदायमा शनिवार खिचडी मनाईंदै छ । जलाशय, नदी वा धारामा एकाविहानै नुहाएर आजका दिन विहान खिचडी पकाएर खाने चलन । बेलुका भने मिठामिठा परिकार पकाउने र इष्टमित्र तथा पाहुनाहरुलाई घरमा बोलाएर खुवाउने गरिन्छ ।

२०७८ माघ १, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।