नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा दुर्गा रोकाय सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा आज सम्पन्न ९औं अधिवेशनबाट रोकाय अध्यक्ष चुनिएका हुन् । उनी एभिन्युज टेलिभिजन क्षेत्रीय व्युरो कार्यालय नेपालगञ्जका व्युरो प्रमुख हुन् ।
प्रेस चौतारी नेपाल बाँकेका निवर्तमान अध्यक्ष हेमन्त विकका अनुसार उपाध्यक्ष विनोद भट्टराई, महिला उपाध्यक्षमा रेजिना मल्ल, सचिव कमल डाँगी, कोषाध्यक्ष जियाउल मुस्ताफा तथा सहसचिवमा देवेन्द्रराज पौडेल र भगतराम थारु सर्वसम्मत चयन भएका छन् । २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
आजै जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।






