बर्दिया / बर्दियाका विभिन्न ठाउँमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा परीक्षण गरिएका स्वाबको बुधबार दिउँसो बर्दियाका ३१ र बाँकेका १ गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बर्दिया बढैयातालका २६ जना, राजापुरका १ जना र बाँसगढीका ४ गरी बर्दियाका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख पनि रहेका छन् ।
बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले आरडिटि भरपर्दो नभयकोले एस्तो समस्या भोग्नु परेको बताउनु भयो अब पिसिआर नै टेष्ट गरि नेगेटिभ रिपोर्ट आय पछि मात्र घर फर्काउनु पर्ने बताउनु पर्ने जोड दिनु भयो । योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ । स्थानीयमा अहिले डरत्रास फैलिएको छ । भेरी अस्पतालका अनुसार बाँके बैजनाथ ६ की ४६ वर्षीया एक महिलाको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मंगलबार नै मृत्यु भइसकेको छ ।