वडा स्तरीय आधारभुत पत्रकारिता तथा उदघोषण तालिम शुरु

|

पुस (नरैनापुर) /  जोहन मिडिया एण्ड रिर्सच सेन्टरको आयोजना तथा नरैनापुर गाउँपालिका वडा नं. ६ को सहयोगमा आज देखि वडा स्तरीय आधारभुत पत्रकारिता तथा उदघोषण तालिम नरैनापुरमा शुरु भएको छ ।
सो तालिममा पत्रकार सोम गुरुङ र सूर्यलाल यादवले पत्रकारिता र उदघोषणका विधिहरु, सहजीकरणका सीपहरुको विषयमा सहजीकरण गर्नेछन् ।
सो तालिममा पत्रकारिता भनेको के हो ? पत्रकारिताका आचारसहिता के के हुुन्? उदघोषण कलाका सीपहरु बारे प्रशिक्षण दिईने छ ।
सो तालिमका प्रमुख अतिथि वडा नं. ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिहंले यस तालिमले युवाहरुलाई बोल्न र लेख्न कलाको विकास हुने बताउनुभयो । सो तालिममा वडा सचिव जीवनलाल यादव, सत्यपाटीका प्रधान सम्पादक काशिराम शर्मा लगायतले आफनो तालिमको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो तालिममा सहभागी सुदीप यादवले यस तालिमबाट समाचार लेख्ने कलाको विकास हुने बताए । त्यसै अर्का सहभागी रिना यादवले यस तालिमले पत्रकारिताको ज्ञान तथा विषय जानकारी प्राप्त हुने बताईन् ।
सो तालिमको उद्घाटन सत्र जोहन मिडिया एण्ड रिर्सच सेन्टरको अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिममा वडा नं. ६ को १५ जना किशोर किशोरीको सहभागिता रहेको छ ।

 

२०७८ पुष २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।