बालबालिकालाई सभा तथा जुलुसमा सहभागी गराइएको भन्दै ध्यानाकर्षण

|

सुरज गुरुङ,काठमाडौ । बालबालिकालाई जुलुस, सभा, विद्यार्थी संगठनका गतिविधिमा संलग्न गराइ उनीहरूको बृद्धि विकासमा नकारात्मक प्रभाब पार्ने क्रियालाप गरिएको भन्दै राष्ट्रिय किशोरकिशोरी सञ्जाल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बालबालिकाको शान्तिपूर्ण रुपमा शिक्षा आर्जन गर्न पाउने अधिकारको सम्मान र प्रचलन गराउन र विद्यालय तथा स्थानीय स्तरमा राजनीतिक, साँस्कृति कुनै पनि प्रयोजनका गतिविधि गरी, विद्यालय सञ्चालनमा अवरोध गरि बालबालिकाको बृद्धि र विकासमा नकरात्मक प्रभाव पार्ने क्रियाकलापप्रति राष्ट्रिय किशोरकिशोरी सञ्जाल नेपालको गम्भीर ध्यानआर्कषण भएको छ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउन बालबालिकाको हकविपरी भएको पनि जनाइएको छ ।
बालबालिका ऐन २०७५ को दफा ६६ (२) (छ) अनुसार यस्ता गतिविधि बालबालिका विरुद्धको कसुर भएको उल्लेख गर्दै यो कसुरका लागि ७५ हजारसम्म जरिवाना र तीन वर्ष कैद हुन सक्ने प्रावधान रहेको भन्दै सचेत गराएको छ ।

२०७८ पुष २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।