काठमाडौं । मानव अधिकारको संरक्षण र संवर्द्धनमा योगदान गर्नेलाई सरकारले सम्मान गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पहिलोपटक व्यक्ति र संस्थातर्फ १/१ जनालाई सम्मानस्वरूप पुरस्कार वितरण गरेको हो ।
नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरिएको औपचारिक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संस्थातर्फ काठमाडौंको शक्ति समूह र व्यक्तितर्फ शुद्धोधन गाउँपालिका-६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रूपैयाँ र प्रमाणपत्र रहेको छ ।






