काठमाण्डौं / कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत नियुक्त भएकी छन् । अन्तराल नेपालगन्जको आयोजना र व्यवस्थापनमा आगामी ११ वैशाखमा आयोजना हुने रारा म्याराथन मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भएर चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुनेछ ।
उक्त म्याराथनमा पुरुष तथा महिला फूल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसँगैं दौडिने छु तर प्रतियोगीका रुपमा होइन्’, मीराले मंगलबार काठमाडौंमा भनिन् ।
रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाइ बढेको बताउँछन् ।






