नेपालगन्ज । नेपालगन्ज जेसीज वर्ष २०२२का लागि नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा भएको मतदान अनुसार चिरञ्जीवी शर्मा ४३ मत ल्याएर सन् २०२२का लागि अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी आशिष् आनन्दले ३९ मत ल्याएका थिए ।
कार्यकारी उपाध्यक्षमा आदित्य गुप्ता ७६ रोशन के.सी.५६ मत ल्याएर विजयी भएका छन् भने माधव प्रसाद बेलबासेले ३० मत प्राप्त गरेको निर्वाचन अधिकृत भुवनेश्वर लामिछानेले बताएका छन् ।






