नेपालगन्ज / सिदार्थ बैक, नेपालगन्ज शाखाले आफनो १९ औ बर्ष पुरा २० बर्ष लागेको अवशरमा बागेश्वरी मन्दिर र हडिया बाबा मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
सिदार्थ बैकले १९ बर्ष पुरा गरि २० बर्ष पुगेको अवशरमा सरसफाई कार्यक्रम र रक्तदान कार्यक्रम आयोजना गरिएको सिदार्थ बैकका क्षेत्रीय प्रमुख उपेन्द्र प्रकास गडतौलाले जानकारी दिनुभयो ।
सिदार्थ बैक क्षेत्रीय प्रमुख गडतौलाले सामाजिक उत्तरदायित्व निर्वाह अनुसार विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।






