उत्कृष्ट छोटो चलचित्रको छनौटमा राईज अप

|

अमेरिका क्यालिफोर्नियाका युवाहरुद्वारा निर्मित “राईज अप “नामक छोटो चलचित्र “Best of Latin America Short Film Festival -2020 “को उत्कृष्ट छनौटमा परेको छ ।

https://shorts.tv/en/events/best-of-latin-america-short-film-festival

एस राज प्रोडक्शन / ८८४८ पिक्चर्स को प्रस्तुतिमा निर्मित छोटो चलचित्र आगामी जुलाई २४गते २०२० शुक्रवारका दिन लसएन्जल्समा प्रदर्शनी हुने भएको छ ।

बास्तविक जिवनमा घटिरहेका महिला हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने तथा सामाजिक संजाल मार्फ़त जनचेतनाको विकास गराउने उध्येश्यका साथ यस वृतचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन्।

यसमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया Beverly Hills मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् !

 

जसमा निर्देशक एस राज साथै सन्जय कार्कीको छायांकन रहेको छ भने शंकर राज वाग्ले ले निर्देशन गरेका हुन् । यस चलचित्रमा बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी हुन्!

अन्य कलाकार हरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली ,अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई, सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले, सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत को अभिनय रहेको छ र जसमा ग्राफिक डिज़ाइन एभरेष्ट ब्यानरका रमेश श्रेष्ठको रहेको छ ।

२०७७ असार ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।