
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा ५ बर्ष देखि बस्दै आएका ५६ बर्षिय राजेन्द्र बहादुर खड़काको आफ्नै कोठामा मृत अवस्थामा फेला परेको क्यालिफोर्निया एनआरएनएले जनाएको छ ।
स्व खड्का बिगत ५ बर्ष देखि नर्दन क्यालिफोर्नियामा बस्दै आएका थिए ।
क्यालिफोर्निया एनआरएनएले मृतक खड्काको दाह संस्कारको खर्चको लागि भन्दै गो फन्ड मि खाता खोलेको छ ।
गोफण्डमा १२ हजार डलर उठाउने लक्ष्य राखिएको क्यालिफोर्निया एनआरएनएका अध्यक्ष एकदेव शर्माले बताउनु भएको छ, डिसेम्बर २३ बिहिबारका दिन उक्त गो फन्ड खाता खोली सबैलाई यो दुखद घडिमा सकेको सहयोग गर्न आह्वान समेत गरेको छ ।
उनलाई उनकै आवास गृह (अपार्टमेन्ट)मा गत डिसेम्बर २०, २०२१ , दिउसो १:०० बजे मृत अवस्थामा भेटिएका थिए ।
क्यालिफोर्नियाको प्लिजेंट हिल स्थित उनको आवास गृहमा स्वास्थ्यकर्मीहरु पुग्दा कुनै हलचल(कुनै प्रतिक्रिया नदिएको) नभएको अवस्थामा पाइएका थिए ।
गैर आवासीय नेपाली संघ क्यालिफोर्निया शाखाले दिएको जानकारी अनुसार परिवारहरु नेपालमै भएको बुझिन्छ ।
पार्थिव शरीरलाई नेपाल पठाउने या परिवारलाई यतै बोलाउने भन्ने बिषयमा निश्चित नभएको समेत उल्लेख गरेको छ ।
उनि प्लिजेनटन हिल क्षेत्रमा २०१७ देखि सरेका र उनि अमेरिका २०१६ देखि बस्दै आएको जानकारी प्राप्त भएको छ र उनि अमेरिकाको चर्चित ७-११ नामक ग्यास स्टेसनमा काम गर्थे । उनका एक सुपुत्र र एक नातिनी समेत रहेको जनाईएको छ ।
द वल्ड नेपाल न्युज परिवारको तर्फबाट हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धान्जली !
गोफन्डमा सहयोग गर्न यहाँ थिच्नु होस् :
https://gofund.me/81446b67
https://www.gofundme.com/f/funeral-for-rajendra-bahadur-khadka?utm_campaign=p_cf+share-flow-1&utm_medium=copy_link&utm_source=customer