क्रिसमसको उपलक्ष्यमा “अचम्मको कथा” म्युजिक भिडियो सार्वजनिक

|

विश्वभर क्रिस्मस हर्षोल्लासका साथ मनाईदै छ, नेपाली ईशाईहरुमा पनि क्रिसमस मनाउने व्यापक तयारी भईरहेको समाचार छ।
यसै अवसरमा आज एक म्युजिक भिडियो सार्वजनिक भएको छ। जुम मिटिङको माध्यमबाट सँचालित एक बिशेष समारोहमा “अचम्मको कथा” लोक दोहोरी म्युजिक भिडियो को बिमोचन भएको हो।
सो समारोहमा पास्टर मनोज श्रेष्ठले सुरु प्रार्थना गर्नु भएको थियो भने हेमा पनेरुले स्वागत गर्नु भएको थियो। सो म्युजिक भिडियोको डेडिकेसन बिशेष प्रार्थनाका साथ यसम्ब्ली अफ गड बिर्ज चर्च कि पास्टर जिन्जर होमले गर्नु भएको थियो।

उक्त अवसरमा सामाजिक अभियन्ता ज्ञान पंथ, वरीष्ठ सङ्गितकार पूर्ण नेपाली, समाजसेवी फिलोमिना बज्रचार्य, पास्टर सोनाम तामाङ, पास्टर गंगा तामाङ, समाजसेवी सिताराम भट्ट, व्यवशायी गङ्गालाल श्रेष्ठ आदिको उपस्थिती थियो भने कार्यक्रमको समापन पास्टर प्रदीप बज्रचार्यको अन्तिम प्रार्थना सहीत भएको थियो।

क्रिसमसको उपलक्ष्यमा तयार गरिएको यस म्युजिक भिडियो मणी नेपाली पनेरुको शब्द रचना, वरिष्ठ सङ्गितकार पूर्ण नेपालीको सङ्गित, प्रदिप हमालको डाइरेक्सन तथा चन्दा देवान, धर्मेन्द्र सेवाङ र केहि साथीहरुको स्वर रहेको छ।

म्युजिक भिडियो निकै मनोरन्जक र लोक दोहोरीको शैलीमा यसु ख्रिष्टको जन्म र जीवनीमा आधारित छ ।

२०७८ पुष ४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।