महासंघले पत्रकारलाई निकाल्‍ने र तलब नदिने सञ्‍चारगृहविरुद्ध आन्दोलन गर्ने

|

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारलाई तलब नदिने सञ्‍चार प्रतिष्ठानविरुद्ध आन्दोलन गर्ने जनाएको छ । महासंघको मंगलबार केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले पछिलो समय विभिन्‍न सञ्चारगृहहरुले कोभिड–१९को कारण देखाउँदै श्रमजीवी पत्रकारहरुलाई सेवाबाट निष्काशन गर्ने, तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढंगले कटौती गर्ने, विभिन्‍न बहाना देखाएर काम गर्ने वातावरण नदिने, राजीनामा दिन दबाव दिने जस्ता कार्य जारी राखेकाविरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिएका छन् ।
महासंघले एक सातासम्म सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजिवी पत्रकारविरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासंघलाई गराउन आग्रह गरेको छ । एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासंघ चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने स्पष्ट पारेको छ । श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थालाई आग्रहसमेत गरेको छ ।

२०७७ असार २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।