आज विश्व एड्स दिवस मनाउदै

|

आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि ३४औँ विश्व एड्स दिवस मनाइँदैछ । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

पछिल्लो तथ्‍यांकअनुसार नेपालमा ३० हजार भन्दा धेरै व्यक्तिहरुमा एचआईभी एड्सको संक्रमण रहेको छ ।३४ वर्ष अघि सन् १९८८ मा नेपालमा पहिलो एचआईभी एड्स संक्रमित फेला परेको थियो । त्यसैलाई आधार मानेर नेपालमा पनि प्रत्येक वर्ष डिसेम्बर १ मा यो दिवस मनाइँदै आइएको छ ।

एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ ।

एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ ।हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । अहिले विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन् अधिकार एवं प्रजनन् स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो ।
संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

२०७८ मंसिर १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।