
नेपालगन्ज / कोरोना नियन्त्रणका लागि बाँकेमा सुरक्षा निकायको बैठक सम्पन्न भएको छ । कोरोना भाइरस नियन्त्रण तथा यसको रोकथामका लागि बाँके र बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुख विच मंगलवार नेपालगन्जमा सुरक्षा सम्मन्वय बैठक बसेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको सुरक्षा सम्मन्वय बैठकमा कोरोना भाइरस बारे दुई जिल्ला विच कसरी सम्मन्वय गर्ने र यसको रोकथामका लागि के के गर्न सकिन्छ भन्ने बारे बृहत छलफल गरिएको थियो ।
समन्वय बैठकमा आरडिटी, परिक्षण, पिसिआर टेष्ट, स्वाव संकलनको दायरा कसरी बढाउने बारे छलफल गरिएको थियो भने क्वारेन्टाइनको व्यवस्थापन र आइसोलेशन अस्पताल थप गर्ने बारे छलफल गरिएको थियो । बैठकमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख, बर्दिया प्रहरी प्रमुख, बाँके र बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख, डाक्टर, पत्रकार लगायतको सहागिता रहेको थियो ।