कोरोना संक्रमितको सख्या ६५९१ जना पुग्यो

|

काठमाण्डौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा आज देशभर २२ वटा प्रयोगशालामा भएका परीक्षणबाट देशभर कुल ३८० थपिएका छन् । देशभर संक्रमितको सख्या ६ हजार ५ सय ९१ जना पुगेको छ । यसै गरी आज एकै दिन एक सय १७ डिस्चार्ज भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिएका छन् । जस मध्य एक सय ९ जना पुरुष र ८ जना महिला डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ ।
नेपालका कारोनाका कारण १९ जनाको मृत्यु भईसकेको छ ।
संक्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना छन् ।

त्यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौै १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।

२०७७ असार २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।