मेरिल्याण्डमा गाडीको ठक्करबाट नेपाली महिला बर्खा खड्का प्रसाईको निधन

|

सोमबार बेलुका ७ बजे अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० बर्षीया नेपाली महिला बर्खा खड्का प्रसाईको निधन भएको छ ।

सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा प्रसाईलाई गाडीले ठक्कर दिएको थियो भने गाडी सहित घटनास्थलबाट फरार चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् ।

प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।

उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो,गतसातादेखिमात्र वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको जानकारी प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् ।

शव नेपालमा नै पठाउने तयारी भइरहेको र भोलि फ्युनेरल होममा लगिने पारिवारिक श्रोतले जानकारी दिएको छ,शव नेपाल पठाउनका लागि मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेका छन् ।

२०७८ मंसिर ७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।