बैजनाथ गाउँपालिका बाँके जिल्लाको दोश्रो बाल विवाह मुक्त पालिका घोषणा हुदै

|

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका बाँके जिल्लाको दोश्रो बाल विवाह मुक्त पालिका घोषणा मंगलवार हुदैछ । बाँकेको कोहलपुर नगरपालिकाको वडा नं ६ आज बाल विवाह मुक्त वडा घोषणा भएको छ । वडालाई एक कार्यक्रमका बीच जिल्लाको २९ औं वडाका रुपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा वडालाई घोषणा गरिएको छ ।

यो संगै कोहलपुरका ५ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । यसअघि कोहलपुर नगरपालिकाको वडा नं ११ लाई गत बिहीबार बालविवाह मुक्त घोषणा गरिएको थियो । यस्तै त्यसअघि कोहलपुरको वडा नम्बर १, १२ र १३ बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

बाँकेको जानकी गाउँपालिका जिल्लाकै पहिलो बाल विवाहमुक्त स्थानीय तह घोषणा भइसकेको छ भने बैजनाथ गाउँपालिकाले जिल्लाको दोश्रो बाल विवाह मुक्त पालिका घोषणा मंगलवार गर्न लागेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।

 

२०७८ मंसिर ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।