
बाँके / मंगलबार कोहलपुरका एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका २ का १९ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बर्दियाका ४ पालिकाका ९ जनामा समेत कोरोना संक्रमण देखिएको छ । जसमध्ये ढाकुरद्धारा र राजपुरका १/१ जना पुरुष रहेका छन भने मधुवन २, ६ र ७ नं. वडाका तिन जना पुरुष तथा बढैयाताल गाँउपालिका २ का १८ देखि ३० वर्ष उमेर समुहका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।