अकोरावको साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगन्जमा हुने

|

काठमाडौँ । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराव) को वार्षिक साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन फागुनको १ र २ गते नेपालगञ्जमा हुने भएको छ ।

बुटवलमा सम्पन्न सङ्घको कार्यसमितिको बैठकले विश्व रेडियो दिवसको अवसर पारेर नेपालगञ्जमा साधारण सभा र सम्मेलन गर्ने निणर्य गरेको सङ्घका महासचिव किशोरजंग थापाले जानकारी दिनुभयो ।

बैठकले फागुनको पहिलो साताभित्र सातै प्रदेशको वार्षिक साधारण सभा सम्पन्न गर्ने निणर्य पनि गरेको छ ।

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।