नेपालगन्ज । कोहलपुर नगरपालिका-१४, हवल्दारपुरमा ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।
आईतबार राती शिखर प्लाईबोर्ड फैक्ट्री नजिकै कारको ठक्करबाट हवलदारपुर बस्ने ३२ वर्षीय विनोद अधिकारीको घटना स्थलमै मृत्यु भएको जनाईएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको परिचय नखुलेको कारले बाटो काटने क्रममा अधिकारीलाई ठक्कर दिएको थियो ।
आईतबार राती करिब ९ बजेतिर तीव्रगतिमा आइरहेको कारले अधिकारीलाई ठक्कर दिएर कार र चालक फरार रहेका कारण कार र चालकको खोजी भइरहेको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।






