अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा दियो बालेर शुभकामना दिएका छन्। बाइडेनले आफ्नो सामाजिक संजाल मार्फत राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दिपावलीको शुभकामना दिएका हुन्।
बिहीबार लक्ष्मीपूजाको रात बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए र तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्।
अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसेबास भएको अनुमान रहेको छ साथै स्थायी बसोवास गर्ने नेपालीहरुको संख्या ३ लाख भन्दा वढी रहेको वताईन्छ ।