
एनआरएनए अमेरिकाको म्यासाचुसेट्स च्याप्टरले दशैं तिहारको उपलक्ष्यमा आयोजना गरेको टेबल टेनिस प्रतियोगिता “पिङपङ २०२१” बाट प्राप्त रकम एक हजार अमेरिकी डलर, नेपाली रुपैयां १ लाख १९ हजार ४ सय १० नेपाल स्थित न्यू पीस चाइल्ड होम, हातिवन ललितपुर लाई प्रदान गरेको छ ।
गत अक्टोबरको २४ तारेख बोस्टनको फेनवेस्थित पिङपङ सेन्टरमा सम्पन्न उक्त एकल टेबुल टेनिस प्रतियोगितामा बोस्टन वरपर बस्दै आउनु भएका ४४ जना नेपाली प्रतिस्पर्धीहरुले सहभागीता जनाउनु भएको थियो ।
अत्यन्तै रोमान्चक उक्त प्रतियोगिताको बिजेता बिशाल सुवाल हुनु भयो ।
बिजेता सुवाललाई ट्रफी, एक हजार डलर नगद पुरस्कार र तीन सय डलरको गिफ्ट सर्टिफिकेट प्रदान गर्दै म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले प्रतियोगितालाई स्पोन्सर गरी सहयोग पुरयाउनु हुने पंजाब रेस्टुरेन्ट आर्लिगंटनका म्यानेजर राजेन्द्र शेरचन, हिमालयन बिस्ट्रो, मोमो एन करीका प्रमुख लोकेश अधिकारी, थ्रेडिंग प्लेसका तर्फबाट शिव श्रेष्ठ, नेपाली रियलटर्सहरु रन्जन थापा र अर्जुन कुंवर सम्पुर्ण स्वंयसेवक साथीहरु सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा एनआरएनए अमेरिकाको म्यासाचुसेट्स च्याप्टरका युवा संयोजक मुकुन्द पोखरेल र उहाँलाई सहयोग पुरयाउनु हुने प्रतिक अर्याल, दिप राणा र सानमान प्रधानलाई बिशेष धन्यवाद दिंदै नेपाली समुदायलाई एकतृत गर्दै सहयोगी र बलियो बनाउन यस्ता प्रतियोगिताहरु भइरहनु पर्ने धारणा व्यक्त गर्नु भयो ।