फेसबुकको नाम मेटामा परिबर्तन

|

सामाजिक संजाल फेसबुकले आफ्नो प्रतिष्ठानको नाम मेटामा परिवर्तन गरेको छ ।फेसबुकले आफ्नो प्रतिष्ठान(कम्पनी)को नाम परिवर्तन गर्दैछ किनकि यसले आफ्नो केन्द्रबिन्दु “मेटाभर्स”मा सार्दैछ ।

संस्थापक मार्क जुकरबर्गले बिहीबार फेसबुकले आफ्नो कर्पोरेट(सँस्था)को नाम मेटामा परिवर्तन गर्ने बताए साथै अब देखि फेसबुक हैन -मेटा भन्नु पर्नेछ ।

“फेसबुक संसारको इतिहासमा सबैभन्दा धेरै प्रयोग हुने उत्पादनहरू मध्ये एक हो,” जुकरबर्गले बिहीबार भने।
यो एक प्रतिष्ठित सामाजिक संजाल मार्का( ब्रान्ड )हो ।

फेसबुकले बिहीबार कुनै कार्यकारी परिवर्तनको घोषणा गरेन। तर जुकरबर्गको व्यक्तिगत आफ्नो सामाजिक संजाल(फेसबुक पेज)बाट जानकारी दिएका थिए र क्यालिफोर्निया स्थित मुख्यालयमा फेसबुकले आफ्नो प्रतिक चिन्ह (कर्पोरेट लोगो)लाई पनि प्रतिस्थापन गरेको छ ।

जुकरबर्गले प्रतिष्ठानको नाम परिवर्तन भर्चुअल(परोक्ष) बैठकको समयमा घोषणा गरेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।