राजदूत डा. युबराज खतिवडा अमेरिकाबाट नेपाल उडेका छन्

|

अमेरिकाका लागि १८ औं नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल उडेका छन् ।

कोरोनाको महामारीमै अमेरिका आएका खतिवडाले काम सुरु गर्न थाल्दै गर्दा सरकार परिवर्तन भए पछि उनि लगायत थुप्रै राजदुतहरुलाई नेपाल फिर्ता बोलाइएकोले उनि नेपाल फर्केका हुन् ।
उनि डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्केका हुन् । एक बर्ष भन्दा कम समय अमेरिकाको बसाई पछि अक्टोबर २७ बुधबारका दिन कतार हवाईजहाजबाट उनि नेपाल उडेका छन्।

उनलाई बिदाई गर्न विमानस्थलमा राजदुताबासका उपनियोग प्रमुख कुमार राज खरेल ,आर्थिक सल्लाहकार होम कान्त भण्डारी,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा,सैनिक सहचारी भुवन पुर्ण सत्याल लगायत दुताबासका कर्मचारी पुगेका थिए ।

राजदुत डा खतिवडाले अमेरिका आएको ३ महिना मै नेपालमा कोरोना बिरुद्धको खोप पठाउँ ठूलो भूमिका निर्वाह गरेका थिए भने छोटो समयमा पनि सबै नेपाली समुदायमा पुगेका डा खतिवडासँग अमेरिकाका नेपालीले ठूलो अपेक्षा गरेका थिए । नेपालको विकासको लागि नेपाल देखि नै दात्तृ संस्थाहरुसंग प्रगाढ सम्बन्ध रहेकोले केही सम्बन्ध स्थापित र पहल गर्दै गर्दा करिव ७ महिनामा उनि नेपाल फर्केका छन् ।

२०७८ कार्तिक १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।