
बढैयाताल (बर्दिया) । नेकपा एमाले बढैयाताल गाउँपालिका ९ वटै वडाको वडा अधिवेशन शनिबार सफलता पुर्वक सम्पन्न भएको छ । ९ वटै वडाहरुको वडा अधिवेशन सफलता पुर्वक सम्पन्न भएको नेकपा एमाले बर्दियाका सचिवालय सदस्य मनिषा सुनारले जानकारी दिनुभयो।
वडा नं.२ को वडा अधिवेशनका प्रमुख अतिथिको रुपमा रहनु भएका नेकपा एमाले बर्दियाका जिल्ला ईन्चार्ज लक्ष्मण ज्ञवालीले नेकपा एमालेलाई बलियो पार्टी बनाउनको लागि वडा स्तरमा बलियो जग बनाउनु पर्नेमा जोड दिनुभयो ।
बढैयाताल गाउँपालिकाको.९ वटै वडाहरुमा शनिबार सम्पन्न वडा अधिवेशनमा सर्बसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा नयाँ उर्जा थपिएको नेकपा एमाले बर्दियाका जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो । साथै उहाँले सम्पुर्णलाई नव निर्वाचित सदस्यहरुलाई शुभकामना ब्यक्त गर्नु भयो ।
नेकपा एमाले बढैयाताल गाउँपालिकाको ७ वटा वडाहरुबाट निर्बाचित पदाधिकारीहरु नामावली यस प्रकार रहेको छ । वडा नं.३ र वडा नं.५ को आईतवार सम्म नामावली आउने नेकपा एमाले बर्दियाका सचिवालय सदस्य मनिषा सुनारले जानकारी दिनुभयो ।
वडा न.१
अध्यक्षः भिम ब.सिंह ठकुरी
उपाध्यक्षः पार्वती गिरी
सचिवःशेर बहादुर खत्री
उप–सचिवःगोपाल खत्री र बिरेन्द्र थापा
वडा नं.२
अध्यक्षः आइतराम परियार
उपाध्यक्षः तारा काफ्ले
सचीवः टिकाराम सुबेदी
उप–सचिवःसुर्यलाल कुमाल र देव बहादुर क्षेत्री
वडा न.४
अध्यक्षःलल्लुराम थारु
उपाध्यक्षःनर बहादुर थापा क्षेत्री
सचीवः सम्भु प्रसाद थारु
उप–सचिवःगोमादेबी ओली र शुकदेब थारु
वडा न.६
अध्यक्षः लिलाधर त्रिपाठी
उपाध्यक्षःनरेश थारु
सचीवः राम बहादुर थारु
उप–सचीवःभेगीराम थारु र शैलेजा पौडेल(सापकोटा)
वडा न.७
अध्यक्षःदुर्गादत्त पोख्रेल
उपाध्यक्षःसुकदेव अधिकारी
सचिवःभुप बहादुर भण्डारी
उप–सचीवःशान्ति क्षेत्री र खुम बहादुर बि.क.
वडा न.८
अध्यक्षः इन्द्र बहादुर भण्डारी
उपाध्यक्षः शोभा अधिकारी
सचीव ः कृष्ण प्रसाद गौतम
उप–सचिवः हिमलाल श्रेष्ठ र शिव बहादुर कार्की
वडा न.९
अध्यक्षःगुम बहादुर परियार
उपाध्यक्षःरिश्मा चौधरी
सचीवःप्रकाश परियार
उप–सचिवःमाया थारु र पबित्रा थापा