
अमेरिका स्थित क्यालिफोर्निया राज्यको सानफार्न्सिसको शहरमा गायिका ईशा कार्कीको नयाँ गित “तिमी र म घूम्न” को म्युजिक भिडियोको छायांकन भर्खरै मात्र सम्पन्न भएको छ।
उक्त गीतमा संगीत, रचना तथा स्वर गायिका ईशा कार्की र गायक सागर लामाको रहेको छ।
आफ्नै रहेको छ भने उक्त गितको म्युजिक भिडियोको कथा एंव ब्यबस्थापन अमृत जंग कुँवरले गर्नु भएको छ।
“तिमी र म घूम्न” म्युजिक भिडियोमा नायक कलाकार नवराज श्रेष्ठ र गायिका इशा कार्किले अभिनय गर्नु भएको छ।
नवराज श्रेष्ठ नेपाल फिल्म सोसाईटी तथा ग्लोबल नेपाली फिल्म अवार्डको अध्यक्ष पनि हुनुहुन्छ ।
त्यसैगरी भिडियोमा अन्य कलाकारहरु रन्जु पाण्डे, अमृत कुँवर, रेशम लाल गौतम, जेमस र पुरुषोत्तम रहेको छ।
क्यमेरा, ड्रोन र एडिटिङमा रसोज श्रेष्ठले साथ दिनुभएको छ भने उक्त भिडियोको निर्देशन नवराज श्रेष्ठ र रसोज श्रेष्ठले गर्नुभएको छ।