चुनरी रे चुनरीमा कृष्णराज र दुर्गाको मुख्य भुमिका

|

नेपालगन्ज /  चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु जगतका चर्चित गायक उमेश मुस्कान र चर्चित गायीका अनु चौधरीको स्वरमा रहेको चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । गितमा चर्चित मोडल कृष्णराज अधिकारी र चर्चित मोडेल दुर्गाराना मगरको मुख्य भुमिका रहेको छ ।

मोडल कृष्णराज अधिकारीले ४ वटा फिल्ममा मुख्य भुमिका निभाईसक्नु भएको छ भने करिव ६० वटा म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ । यस्तै मोडेल दुर्गा रानामगर भने २ वटा चर्चित चर्चित म्युजिक भिडियोमा मुख्य भुमिका निभाई सक्नुभएको डान्स डाइरेक्टर सुबेदीले बताउनुभयो । गितको छायाङ्कन बाँकेको रमणिय स्थान गाभर भ्याली र कोहलपुर नगरपालिका भित्र भएको डान्स डाइरेक्टर नवराज सुबेदीले जानकारी गराउनुभयो ।

गितको प्रोडुसर उदयलाल रानामगरको रहेको छ भने छायाङकन रामु चौधरीको रहेको छ । डान्स डाइरेक्सन चर्चित डाइरेक्टर नवराज सुवेदीको रहेको गितमा एरेन्ज केशब बडुले गर्नुभएको छ । भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट प्रोडक्सन हुने सुटिङ्ग युनिटले जनाएको छ । गितमा विशेष सहयोगी चर्चित मोडेल सुनिता दहित र गणेश दहितको रहेको छ ।

२०७८ कार्तिक ४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।