नेपालगन्ज । राप्ती नदिमा पानीको सतह वढ्न जादा हिजो साझ नदि पारी बनकरेली टिप्न गएका डुडुवा ४ का ४ जना स्थानियलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज विहान ८:४० बजे सकुशल उद्दार गरेको छ ।
उनिहरु रातभरी फसेका थिए। उद्दार गरिएकाहरुमा ५५ बर्षिय सोखत नाउ,४५ बर्षिय सव्विर खा, ३० बर्षिय प्रमोद लोनिया र ६० बर्षिय नाजिर खा छन् ।
थप ३ जना हिजो नै पौडेर नदि तर्न सफल भएका ईलाका प्रहरी कार्यालय बनकट्टी कम्दिका प्रहरी नायव निरिक्षक गोपाल शर्माले जानकारी दिएका छन् ।






