नेपालगन्ज । नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९६ औं जन्म जयन्ती मनाइरहेका छन् ।
आजको दिन विश्वका विभिन्न स्थानमा छरिएर रहेका मुस्लिम समुदायहरुले महोम्मदको स्मरण गर्ने, ठाँउ ठाँउबाट र्याली निकाल्ने, उपदेशहरु ग्रहण गर्ने, मस्जिदमा कुरान पाठ गर्ने, सबै जना परिवारजन एक ठाउँमा जम्मा भएर मिष्ठान्न भोजन लिने, शुभकामना आदान प्रदान गर्ने चलन रहेको मुस्लिम अगुवाहरुले बताउँछन् ।






