बर्दिया । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले नगरपालिका स्तरमा यसको नीतिगत ब्यबस्थाका लागी नीति निर्माता कार्यपालिका सदस्य,जनप्रतिनिधि तथा शिक्षा तथा खेलकुद शाखाका कर्मचारिहरुको लागी तालिम शुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा सिकाई परियोजना संचालन पालिकाहरुका शिक्षा शाखाका कर्मचारी एवं कार्यपालिका सदस्य र जनप्रतिनिधिहरुकाको सहभागिता रहेको छ तालिममा बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका,ठाकुरबाबा नगरपालिका,गुलरिया नगरपालिका र गेरुवा गाउपालिकाका करिब १८ जनाको सहभागितामा गुलरिया बर्दियामा तालिम शुरु गरिएको छ । तालिममा विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती र कक्षाकोठामा लैंङ्गिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा लैगिंकमैत्री बनाउनका लागी यस तालिमले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
तालिममा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले संचालन गर्नुभएको र सम्पुर्ण तालिम सहभागीहरुलाई स्वागत तथा सुभारम्भ गदै यस तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धि हुनुका साथै कार्यक्षेत्रमा यसको कार्यान्वयनका लागि महत्वपुर्ण भुमिकाको रुपमा रहने बताउनु भयो । तालिम सत्रको उद्धान सत्रका सहभागीहरुलाइ स्वागत गदै सस्थाका सदस्य कैलाश श्रोष्ठले बिगत लामो यस बर्दिया जिल्लाको बिभिन्न पालिकाहरुमा रहेका सामुदायिक बिधालयको शैक्षिक गुणस्तिर बृद्धिमा सहयोग गरिरहेको र यस तालिममले पुन बिधालय तहमा लैङ्गिक मैत्री शिक्षण कृयाकलाप संचालन गर्न र पालिका स्तरको लैङ्गिक नितिनिर्माण गरि कार्यान्वय हुने अपेक्षा गरिएको बताउदै सस्थाको तर्फदेखि स्वागत मन्तब्य राख्नु भएको थियो ।
आजबाट शुरु गरिएको तालिम २ दिन सम्म संचालन हुनेछ । सो तालिमको सहजिकरर्ण सुर्य न्यौपानेले सहजिकरण गरिरहनु भएको सिकाई परियोजनाका सुपरभाइजर परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।






