नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गरिदैछ । आज शनिबार दिउँसो एक समारोहकाबीच गाउँपालिकाकै पहिलो वडाका रुपमा वडा नं ६ लाई बाल विवाह मुक्त घोषणा गर्न लागिएको हो ।
वडा अध्यक्ष बिरेन्द्रपाल सिंहका अनुसार दिउँसो एक कार्यक्रम मार्फत वडालाई औपचारिक रुपमा घोषणा गर्न लागिएको छ ।
वडालाई बाल विवाह मुक्त बनाउने अभियानका रुपमा लामो समयदेखि प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच( स्याक नेपाल ) ले बाल बिबाह रोकथाम परियोजना सन्चालन गर्दै आएको बाल विवाह रोकथाम परियोजनाका सुपरभाईजर एव नरैनापुरका स्थानीय त्रिभुवन प्रसाद यादवले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय वडाहरुलाई बाल विवाहमुक्त घोषणा कार्यक्रम तीब्र रुपमा चलिरहेको छ ।






