राप्ती र मानखोला नदिमा दुबेर २ जना बेपत्ता

|

नेपालगन्ज । डुडुवा गाउँपालिका ४ मा रहेको राप्ती नदीमा नेपालगन्ज १० भृकुटीनगर बस्ने अन्दाजी २६ बर्षका सरोज चन्द आज बिहान पुल नजिकबाट डुबेर बेपत्ता भएका छन् । त्यस्तै मानखोला तर्ने क्रममा खजुरा गाउँपालिका ७ का अन्दाजी ५५ बर्षका बिक्रम राई खोलामा डुबेर बेपत्ता भएका छन् । बेपत्ता भएका दुबै जनाको नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।