डीभी परेका ६ युवाको शैक्षिक प्रमाणपत्र नक्कली

|

काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) मा नाम निकालेका ६ युवाको १० जोड २ को शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टी भएपछि पक्राउ परेका छन् । भिषा प्रक्रिया थालेपछि नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेहरुमा पाल्पाको तानसेन नगरपालिका–३ घर भएका ३५ वर्षीय सुमित रत्न गुभाजु, मोरङको पथरी शनिश्चरे–६ घर भएका ३५ वर्षकै अमर बहादुर कटुवाल, नवलपरासीको गैंडाकोट नगरपालिका–३ बेल्डिया घर भएका ३० वर्षीय नरेश केसी, नवलपरासकीको देवचुली–१७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रेको बनेपा–१० घर भएका दिप विष्ट र काठमाडौंको टेकु घर भएका २३ वर्षीय सोहिली शाही छन्।

२०७८ भाद्र २०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।