
बाँके / जनता समाजवादी पार्टी नेपाल,नेपालगन्ज उममहानगर समितिको आज मंगरबार विस्तारित बैठक तथा समिति अध्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपाललाई कसरी सक्षम बनाई अघि बढ्ने र आगामी निर्वाचनमा कसरी आफनो पार्टीमा बहुमत ल्याउने भन्ने बारे बृहत छलफल भएको छ ।
सो बैठकमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बेद प्रसाद आचार्य, हिक्मत विक, बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राइर्, उपाध्यक्ष राजन रानामगर, क्षेत्र नं २ का क्षेत्रीय सभापति सूर्यलाल यादव, तथा बुध कमिटिका अध्यक्षहरुले आफनो राय तथा सुझाव राखेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले पार्टीको विधान अनुसार अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
विस्तारित बैठक तथा समिति अध्यावधिक कार्यक्रम नेपालगन्ज उममहानगर समिति जनता समाजवादी पार्टी नेपालको अध्यक्ष श्रवण कुमार यादवको सभापतित्वमा सम्पन्न भएको जनता समाजवादी पार्टी नेपाल, बाँकेका सचिव राजेन्द विकले जानकारी दिनुभयो ।